धनगढी, ९ वैशाख । कैलालीको पूर्वी क्षेत्र लम्की–चुहा नगरपालिका–५ बस्ने २० वर्षीय दीपक थापाको माटाको ढिस्कामा पुरिएर आज अपराह्न मृत्यु भएको छ ।
लु२त७५५नं को ट्र्याक्टरमा माटो लिन नजिकैको रोरा नदी किनारमा गएका बेला सहचालक समेत रहेका थापाको माटो खन्ने क्रममा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment