काठमाडौँ, ९ वैशाख । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उहाँले आर्थिक विकासबिना देश सफल नहुने बताउँदै मुलुक अब आर्थिक क्रान्तितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
“पर्यटन मूल आधारमात्र हैन यो मुलुकको ड्राइभिङ इन्जिन पनि हो, पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन राजनीतिकलगायत सबै क्षेत्रले विशेष सक्रियतापूर्वक काम गर्न जरुरी छ”– नेता नेपालले भन्नुभयो ।
प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षण रहेको र नेपाललाई हिन्दू र बुद्धधर्माबलम्बीको मक्का मदिना बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले संविधानले जनताका सबैखाले समान अधिकारमात्र नभई अतिरिक्त अधिकारसमेत दिएको उल्लेख गर्दै दलले राजनीतिक मतभेद अन्त्य गरी एकता र सहकार्यको दिशामा अग्रसर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
व्यवस्थापिका–संसद्को अर्थसमितिका सभापति प्रकाश ज्वालाले नेपालको पर्यटकीय सुन्दरताको बयान गर्ने भन्दापनि व्यवहारमा पर्यटन क्षेत्रको विकास गर्न जरुरी भएको बताउँदै पर्यटकीय सम्भावनाको उपयोग गर्नसके अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्नुभयो ।
उहाँले प्राकृतिक तथा मानवसिर्जित विपत्तिबाट थालिएको पर्यटन पुनरुत्थानका लागि आगामी आव २०७३÷०७४ बजेट पर्यटनमैत्री बनाउनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने जानकारी दिनुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो ।
पाटाका पर्यटन विज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक नौ प्रतिशतका दरले वृद्धि भइरहेको पर्यटन बजारबाट नेपालले फाइदा लिनसकेको खण्डमा अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा ¥याफ्टिङ, धार्मिक पर्यटनलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको ‘पाटा पर्सनालिटी अवार्ड’ प्रधान गरिएको छ ।
यसैबीच, पाटा नेपालले भूकम्प र नाकाबन्दीपश्चात् शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुदृढीकरण, विमानस्थलको सेवा सुदृढीकरणलगायतका पाँचबँुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । रासस
No comments:
Post a Comment