Tuesday, April 12, 2016

चैती छठ सप्तरीमा पनि मनाइयो

सप्तरी, १ वैशाख । तराईका हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष मनाउँदै आएको चैती छठ आज हर्षोल्लासका साथ उदाउँदो सूर्यलाई अघ्र्य दिई सम्पन्न गरिएको छ ।

मङ्गलबार साँझ अस्ताउँदो सूर्यको अघ्र्य दिई सुरु गरिएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई सम्पन्न गरिएको हो । सुख, समृद्धि र आरोग्यको कामना गर्दै खास गरी तराईको विभिन्न पोखरी, नदी, नाला र तालमा सूर्य भगवान्को पूजा प्रत्येक वर्ष चैती छठ मनाइने स्थानीयवासी रामचन्द्र यादवले बताउनुभयो ।

खासगरी व्रतालु महिलाले पतिको दीर्घायुको कामना गर्दै चैती छठ मनाउने गरेको राजविराज–४ का रेणु साहले बताउनुभयो । चैती छठमा ठकुवा, भुसुवा, लड्डु, केरा, स्याउ, अनार जस्ता फलफूल सूर्य देउतालाई चढाइने गरिन्छ ।

राजविराजको तुरुन्ती पोखरी, भगवती पोखरी र कल्टुदास पोखरीमा आज छठ मनाउनेको भीड लागेको थियो भने ती ठाउँमा नाचगानसमेत भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts