काठमाडौँ, १० वैशाख । प्रजातन्त्र सेनानी मोहनबहादुर खत्रीको गए राति निधन भएकामा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव क्रृषिकेश तिवारीले आज विज्ञप्ति जारी गर्दै नेपालको लोकतन्त्र स्थापनामा खत्रीको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ । काँग्रेसका क्रियाशील सदस्य खत्रीले लामो समय काँग्रेसको केन्द्रीय कार्यालयमा काम गर्नुभएको थियो ।
काठमाडौँ निवासी खत्री विसं २०६० देखि दम रोगबाट पीडित हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment