काठमाडौँ, १० वैशाख । सर्वोच्च अदालतले राजदूत नियुक्तिसम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज कारण देखाउ आदेश जारी गरेको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले राजदूत नियुक्ति गर्नुका कारण १५ दिनभित्र पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
राजदूत नियुक्तिमा समावेशी नभएको उल्लेख गर्दै बिहीबार रक्षाराम हरिजन (चमार) ले रिट निवेदन सर्वोच्च अदालतमा दायर गर्नुभएको थियो ।
सरकारले यही वैशाख ७ गते २१ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । रासस
No comments:
Post a Comment