Friday, April 22, 2016

तन वरषम सब भकमपपडतक घर बनछ परवकत

काठमाडौँ, १० वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले आगामी तीन वर्षभित्र सबै भूकम्पपीडितको घर निर्माण सम्पन्न हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले प्राधिकरणको अवधि पाँच वर्ष भए पनि चार वर्षभित्र यसले सबै काम सक्ने जिकिर गर्नुभयो ।

प्रवक्ता थपलियाले मन्त्रिपरिषद्सरह निर्णय गर्ने गरी प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेको निर्देशक समिति गठन गरिएकाले निर्णय लिन सजिलो भएको उल्लेख गर्दै अहिलेसम्म सात कार्यविधि निर्माण गरिएको र ११ जिल्लाको घर सर्भेक्षण सकिएकाले अब अनुदानको पहिलो किस्ता वितरणको अन्तिम तयारीमा रहेको बताउनुभयो ।

उहाँले अब केही समयमा सबै भूकम्पपीडितलाई पायक पर्ने बैंकका खातामा रकम पु¥याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts