इनरुवा, २५ चैत । बिहार र नेपालका पूर्वी क्षेत्रका सुरक्षा निकायको सुरक्षासम्बन्धी बैठक भारतको बिहारस्थित फारवीसगन्जमा आज सम्पन्न भएको छ ।
बिहार राज्यस्थित ग्रामपञ्चायत निर्वाचनको सुरक्षा चासोलाई लिएर दुवैतर्फको सुरक्षा अधिकारीको बैठक बसेको हो ।
बैठकमा निर्वाचनका बेला सीमामा अवातजावत बन्द गर्ने, निर्वाचन लक्षित कुनैपनि अपराधिक तथा अराजक गतिविधि हुन नदिने, सीमा क्षेत्रमा हुने मादक पदार्थको बिक्री वितरणमा रोक लगाउने र दुवै देशको अधिकारीबीच सूचना आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको बैठकमा सहभागी सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा सुनसरी र मोरङका प्रजिअसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक र बिहार राज्य अररिया जिल्लाका डिएम हिमानसु शर्मालगायतको सहभागिता थियो । रासस
No comments:
Post a Comment