Tuesday, April 19, 2016

सरकर परवरतनक कर गरनक अरथ छनसचव भटटरई

बुटवल, ७ वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अहिले सरकार परिवर्तनको कुरा गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले केपी ओली नेतृत्वकै सरकारले स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने बताउनुभयो । संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भए पनि वर्तमान सरकार परिवर्तन हुनै नसक्ने उहाँको भनाइ छ ।
काँग्रेसलाई सकिन्छ सरकारमा आउन नभए रचनात्मक भूमिका निर्वाह गरी संविधान कार्यान्वयन गर्न भट्टराईले आग्रह गर्नु भयो ।

उहाँले संविधान निर्माणपछि मुलुकमा देखिएको असज अवस्था र भारतीय नाकाबन्दीलाई वर्तमान सरकारले पार लगाएको भन्दै अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध सुधारको काममा सफल भएको बताउनुभयो ।
एमालेका प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता भट्टराईले विकास बजेट शतप्रतिशत खर्च गर्ने तथा मधेसी, दलित, जनजाति र उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गर्नु भयो ।

साथै मधेसी दललाई वार्तामा आएर समस्याको निकास निकाल्न आग्रह गर्दै उहाँले नाका छाडेर काठमाडौँ केन्द्रित आन्दोलन गर्नु सकारात्मक भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts