पोखरा, ६ वैशाख । गत चैत २६ गतेदेखि यही वैशाख ३ गतेसम्म पोखरामा भूसमाधिमा बस्नुभएका कृष्णदासजी महाराजलाई आज यहाँ नागरिक अभिनन्दन गरिएको छ ।
मानवकल्याणका लागि पोखरामा आएर अत्यन्त कठिन साधना गरी जनमानसमा आत्मचेतना जगाएबापत उहाँलाई नागरिक अभिनन्दन मूल समारोह समितिसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट अभिनन्दन गरिएको थियो । उहाँलाई क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, प्रजिअ हरिप्रसाद मैनाली लगायत जिल्लाका उच्चपदस्थ अधिकारी तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिले अभिनन्दन गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय प्रशासक कोइरालाले सत्मार्गको अवलम्बनबाट समाजमा शान्ति र वैभव प्राप्त हुने बताउनुभयो । डा बुद्धिबहादुर थापाले भौतिक विज्ञान अनुसार पनि हाम्रो शरीरलाई बिनाअक्सिजन बचाउन सकिने तर्क दिँदै चिकित्सक समेतको प्रत्यक्ष निगरानीमा महाराजजीले गर्नुभएको उक्त साधना भौतिक विज्ञानका लागि अनुसन्धानको विषय बनेको बताउनुभयो ।
अभिनन्दनपछि कृष्णदासजी महाराजले आत्मचेतना आफँैमा धेरै उच्चस्तरमा रहेको बताउँदै साधनाका माध्यमबाट त्यसलाई जागृत गर्न सकिन्छ भन्नुभयो । रासस
No comments:
Post a Comment