काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानको दक्षिणी भूभाग तथा दक्षिण अमेरिकी देश इक्वेडरमा हालै गएको शक्तिशाली भूकम्पका कारण जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले दुःखको यस घडीमा जापान र इक्वेडर सरकार तथा त्यहाँका जनताप्रति आफ्नो र पार्टीका तर्फबाट सहानुभूति प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस
Monday, April 18, 2016
सभापति देउवाद्वारा दुःख व्यक्त
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment