हेटौंडा । माननीय उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४५ औं महाधिवेशनको एक समारोहका बीच पानसमा दीप प्रज्ज्वलन गरी हेटौंडामा समुद्घाटन गर्नुभयो ।
उद्घाटन मन्तव्य दिँदै उहाँले भन्नुभयो ः “भूकम्प पश्चात नेपाल रेडक्रसले गरेको ६० करोड रकम वितरण र मौसमी सहयोग स्वरुप गरेको ५० करोड रुपैंया वितरणको कार्य सह्रानीय छ र यसले सरकारको दायित्वलाई सहयोग गरेको छ । भूकम्प पश्चात तत्काल, नाकाबन्दी र चिसो मौसमको समयमा रेडक्रसले गरेको कामको लागि म धन्यवाद दिन चाहन्छु ।” उहाँले थप्नुभयो ः समाजकल्याण परिषदको ऐन शंशोधनको क्रममा रहेको छ, नयाँ ऐनमा रेडक्रस जस्तो मानवीय संस्थालाई भिन्न व्यवहार गर्न र यसको विशिष्ट हैसियत बनाउन सरकारले छलफल गर्ने छ । ” मन्तव्यको क्रममा उहाँले देशमा शान्ति बनाइराख्न सबै पक्षलाई सहयोग गर्न अपील गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसका सिद्धान्तहरु नै यसका काम गर्ने मुख्य आधारहरु भएको बताउनुभयो । भूकम्प अघि तथा पश्चातको अवस्थामा नेपाल रेडक्रसले गरेको काम स्वयंमा सिद्धान्तहरु व्यवहारमा उत्रेको विश्वव्यापी उदारहण बनेको बताउनुभयो ।
यस अघि ७३ जिल्लाका प्रतिनिधिहरु सहभागी भई विहान ८ बजे बाजागाजा र झाँकी सहितको एक प्रभातफेरि हेटौंडा बजारका मुख्य चोकहरु हँुदै सभास्थल पुगेको थियो । माननीय उपप्रधानमन्त्री मैनाली र नेरेसो अध्यक्ष संजीव थापाले नेपाल र रेडक्रसको झण्डोत्तोलन गर्नुभएको थियो ।
“रेडक्रस बवैको साझा चौतारी हो र यसलाई सबै पक्षको सहयोग भैआएको छ । रेडक्रस सभ्य समाज र राज्यहरुको साझा प्रतिवद्धता हो, त्यसैले देशको कानुनको सम्मान गर्दै स्वाधीन भएर रेडक्रसले कार्य गर्दै आएको छ ।” नेरेसोका महामन्त्री देवरत्न धाख्वाले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)का ड्रागना कोइक ( म्चबनबलब प्यवष्अ० , रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर ( ःबह क्ब्ल्त्ल्भ्च्०, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, नेकपा एमाले जिल्ला इन्चार्ज मनु सिग्देलले महाधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।
आजै नेपाल रेडक्रसको बन्द सत्रमा महामन्त्री र कोषाध्यक्षले आ.व २०७१।७२ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिसक्नु भएको छ । महाधिवेशनले आ.व ०७३।०७४ का लागि साधारणतर्फ ४४ करोड ३८ लाख र विकासतर्फ दुई अर्ब पचासी करोड ४५ लाख गरी जम्मा ३ अर्व २९ करोड ८३ लाखको वजेट पारितका लागि छलफल भइरहेको छ ।
संस्थाका उपलव्धिहरु, मुलुकको वर्तमान अवस्थामा मानवीय सेवाका अवसर र चुनौतीहरुको समीक्षा, गत जुनियर युवा रेडक्रसको सिफारिस प्रस्तुति, लेखा समितिको प्रतिवेदन र लेखा समिति सभापति र सदस्यहरुको चयन पनि यस महाधिवेशनको कार्यसूचीमा छन् । यसैगरी, उत्कृष्ट जिल्ला शाखा, जुनियर तथा युवा सर्कल र स्वयंसेवकहरुका साथै कर्मचारीहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिने छ ।
गत आ.व.मा नेपाल रेडक्रसका सेवा तथा बिकास गतिविधिबाट ८० लाख मानिसहरु लाभान्वित भएका थिए ।
भूकम्प पश्चातको सेवा गतिविधिहरुको समीक्षा पनि महाधिवेशनमा हुने छ । यसैगरी सबै सहभागीहरुको बाल संरक्षणप्रतिको प्रतिवद्धता लिने र रक्त सञ्चार सेवाको स्वर्णमहोत्सवको कार्यmक्रमसम्बन्धी विशेष प्रस्तावपनि पेश गरिएको छ ।
No comments:
Post a Comment