पोखरा, १ वैशाख । संगम युवा क्लब हंशपुरले आगामी वैशाख ३ र ४ गते लेखनाथको उपल्लो तालवेशीमा चैते दशैं मेला गर्ने भएको छ ।
मेलामा भलिबल, लोकगीत, छेलो हान्ने, झाँकी र भाले जुधाइ जस्ता प्रतियोगिता गरिने कार्यक्रम संयोजक तारानाथ सुवेदीले बताउनुभयो ।
भलिबल प्रतियोगिताका विजेतालाई रु. ३० हजार र उपविजेतालाई रु. २० हजार तथा शिल्ड प्रदान गरिनेछ ।
मेलामा स्वास्थ्य तथा आयुर्वेदिक, कृषि तथा पशु परामर्श सेवाका साथै उन्नत जातका पाठापाठी र माउ बाख्रा पनि प्रदर्शनी गरिने छ ।
राष्ट्रिय स्तरका कलाकारहरुबाट हास्यव्यङ्ग्य तथा गायन प्रस्तुतिका साथै साँझ सांस्कृतिक कार्यक्रम गरिने छ । रासस
Tuesday, April 12, 2016
तालवेशीमा ३ र ४ गते चैते दशैं मेला हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दि...
No comments:
Post a Comment