Tuesday, April 12, 2016

मदरसालाई कम्प्युटर प्रदान

उर्लाबारी (मोरङ), १ वैशाख । उर्लाबारी नगरपालिकाले मङ्गलबार उर्लाबारीस्थित मदरसालाई कम्प्युटरसहितका सामग्री प्रदान गरेको छ ।

नगरपालिकाको लक्ष्यित वर्ग अन्तर्गतको बजेटबाट उर्लाबारी–४ स्थित मदरसा तजबिजुल कुर्वानलाई करिब ७० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले मदरसाका अध्यक्ष असहाव आलम ठकुराईलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । मदरसामा करिब सय जना मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts