काठमाडौँ, २९ चैत । नाइजेरियाको डोङ्गोटे समूहको वैदेशिक लगानीमा स्थापित डोङ्गोटे सिमेन्ट नेपाल प्रालिको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग आज भेटगरी आफ्नो कम्पनी र नेपालमा लगानी बारेमा जानकारी गराएको छ ।
कम्पनीका नेपाल प्रतिनिधि रूप रावलको नेतृत्वमा गएको टोलीले आजै उद्योगमन्त्री सोमप्रसाद पाण्डे र भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई पनि छुटृाछुटृै भेटेर नेपालमा सिमेन्ट कारखाना सञ्चालनको सम्भावना बारे छलफल ग¥यो ।
भेटका अवसरमा मन्त्रीत्रय पौडेल, पाण्डे र सुब्बाले नेपालमा वैदेशिक लगानीका लागि सरकार सकारात्मक भएको हुँदा उद्योग सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल प्रतिनिधि रावलले जानकारी दिनुभयो । रासस
––––––––––
No comments:
Post a Comment