Monday, April 11, 2016

बान्तवाको निधनमा सञ्चार मन्त्रीको समवेदना

काठमाडौँ, २९ चैत । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पूर्वप्रशासक मकरबहादुर बान्तवाको निधनमा समवेदना प्रकट गर्नुभएको छ । मन्त्री राई आइतबार उहाँको लाजिम्पाटस्थित निवास पुगी समवेदना व्यक्त गर्नुभएको हो ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रामकाजी बान्तवाका पिता एवम् पूर्वप्रशासक मकरबहादुर बान्तवाको ९१ वर्षको उमेरमा शनिबार निधन भएको थियो । मस्तिस्कसम्बन्धी रोग, उच्च रक्तचापलगायत समस्याबाट ग्रसित बान्तवाको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
पिता सरदारबहादुर क्याप्टेन प्रसादमान राई र आमा तेजमाया राईको कोखबाट विसं १९८२ माघ ८ मा भोजपुरमा जन्मिएका उहाँ शिक्षाप्रेमी र समाजसेवी पनि हुनुहुन्थ्यो ।
भोजपुर अदालतमा अदालती शिक्षा लिई विदेशमा भर्ती भई दोस्रो विश्व युद्धमा पनि लडेका उहाँ २००७ सालमा स्वदेश फर्केर प्रजातान्त्रिक आन्दोलनमा आवद्ध हुनुभएको थियो ।

उहाँले ज्योतिर्गमय सुविख्यात त्रिशक्ति पट्ट, सुप्रसिद्ध प्रवल गोरखा दक्षिण बाहु, शुभराज्याभिषेक पदक, ज्ञानपद सेवा पदक, स्वर्णीम वीरेन्द्र शुभ राज्याभिषेक पदक आदि सम्मान पाउनुभएको थियो ।
उहाँका श्रीमती, चार छोरा तथा तीन छोरी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts