Sunday, April 10, 2016

वसन्त फिल्मसद्वारा म्युजिक भिडियो सार्वजनिक

दोहा(कतार), २८ चैत । वसन्त फिल्म्स नेपालमा आफ्नै म्युजिक भिडियो कम्पनी खोलेर छोटो समयमा नै कतारमा बस्ने नेपालीलाई समेटेर करिब एक दर्जन म्युजिक भिडियो बजारमा ल्याउन सफल भएको छ ।

कतारमा कार्यरत सपना काफ्लेको प्रस्तुतिमा यसै साता बजारमा आएको ‘सपना’ गीतिसङ्ग्रहमा गायक प्रमोद खरेलले स्वर दिएका छन् । त्यसमा टुरिस्टजङ्ग विकको शब्द, बब्बु थापाको निर्देशन तथा सङ्गीत लालकुमार बरालको रहेको छ । उक्त म्युजिक भिडियोलाई क्यामराम्यान विदुर पाण्डेले छायाङ्कन गर्नुभएको हो । त्यस्तै कतारमा लामो समयदेखि रहँदै आउनुभएका ‘मोडल’ विक्रम बुढाथोकी र मञ्जिता केसी तथा सुरेश पोख्रेलको अभिनय छ ।

कलाकारिता क्षेत्रको उत्थानका लागि सक्रिय रहँदै आउनुभएका पाल्पा हुगीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराई कलाकारिता क्षेत्रमा स्थापित गराउने हेतुले कम्पनी खोलिएको बताउनुभयो ।

पाँडे र जिग्रीको हास्य
नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालका ख्यातिप्राप्त कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) र गायिका सुमितामी परियार सांस्कृतिक कार्यक्रमका लागि यहाँ आउनुभएको छ ।

नवप्रतिभा सांस्कृतिक समूहको आयोजनामा भएको विविध मनोरञ्जनात्मक कार्यक्रममा हास्य कलाकारद्वयले नेपालको वर्तमान राजनीतिक र अन्य समसामयिक अवस्थाप्रति कटाक्ष प्रहार गर्नुभएको थियो । गायिका परियार भने साङ्गीतिक प्रस्तुतिसँगै दर्शकलाई नचाउन सफल हुनुभयो । गैरआवासीय नेपाली तारा–२०१६ का विजेता कृष्ण बिसी र अञ्जना तामाङले कार्यक्रमको वातावरणलाई थप उत्साहित बनाउन बनाउनुभएको थियो । कार्यक्रम अवधिभर स्थानीय कलाकारले समेत प्रस्तुति दिएका थिए । रासस

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts