Sunday, April 10, 2016

नुहाउने क्रममा बालक बेपत्ता

बैतडी, २८ चैत । सेती नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको थलाकाँडा गाविस– ६ का आठ वर्षीय उत्तम साउद बेपत्ता भएका हुन् । उनी शनिबार दिउँसो साथीहरुसँगै नुहाउन घर नजिकैको सेती नदी गएका थिए । बालकको खोजी गर्न उनका आफन्तले आज मात्र
जिल्ला प्रहरी कार्यालयमा खबर गरेका प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अहिले प्रहरी र स्थानीयवासी बालकको खोजीकार्यमा जुटेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts