जुम्ला, २९ चैत । विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको छुमचौर ज्यूलोमा अन्तर मावि आठौँ राष्ट्रपति रनिङ सिल्ड सञ्चालन भएको छ ।
जुम्ला सदरमुकामबाट १६ किमी दूरीमा अवस्थित छुमचौरमा सञ्चालित रनिङ सिल्डको उ्दघाटन आइतबार स्थानीय विकास अधिकारी राजेश पौडेलले गर्नुभयो ।
तीन दिने सो प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।
रनिङ सिल्डमा हाइजम्प, त्रिपल जम्प, सटफुट, जेभलिङ, थ्रो, १००, २००, ४००, ५००, एक हजार ५००, दुई हजार ५०० र पाँच हजार मिटर दौड तथा मार्सल आर्ट्सका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment