Sunday, April 10, 2016

रनिङ सिल्ड हेर्न गएका युवकको हत्या

जुम्ला, २९ चैत । आठौँ अन्तर मावि राष्ट्रपति रनिङ सिल्ड हेर्न गएका एक युवकको आइतबार ढुङ्गामा टाउको बजारेर हत्या गरिएको छ ।

हत्या गरिएका युवक चन्दननाथ नगरपालिका–१५ गैरागाउँ निवासी १९ वर्षीय रमेश खत्री रहेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

खत्रीलाई केटीसँग लागेको आरोपमा चार जना केटाले लखेटेर डिल्लीचौर–४ को पाल्कोट भन्ने जङ्गलमा हत्या गरेको प्रहरी नायब उपरीक्षक कोइरालाको भनाइ छ । उहाँका अनुसार हत्यामा संलग्न चार जनामा पहिचान भएका दुई जनालाई पक्राउ गरिएको छ ।
घटनास्थल रनिङ सिल्ड सञ्चालन भएको छुमचौर गाविसभन्दा आधा घन्टा तल जङ्गलमा भएकाले प्रहरीलाई आइतबार रातिमात्र जानकारी भएको बताइएको छ ।

हत्यामा संलग्न अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी तथा अनुसन्धान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । केटीको विषयमा भएको विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts