Monday, April 18, 2016

आर्मी सेमी फाइनलमा

पोखरा, ६ वैशाख । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको मनकामना केबुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी थ्री स्टारलाई एक शून्यले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

आर्मीका विमल रानाले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै आर्मीका लागि निर्णायक बन्यो । मङ्गलबारको खेल धरान ११ र भारतको दिल्ली फुटबल टोलीबीच हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts