इनरुवा, २५ चैत । सुनसरीको औरावनी भमरीमा पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।
नुहाउने क्रममा स्थानीय खोलामा डुबेर औरावनी–९ भमरीका ५ वर्षीय विकास मुखिया र ११ वर्षीय आकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । रासस
No comments:
Post a Comment