Thursday, April 28, 2016

स्वीट्जरल्याण्डको उस्टरमा नेपाली नयाँ वर्ष साँझ कार्यक्रम भब्यताकासाथ सम्पन्न

Anju Swiss Anju Swiss1 Anju Swiss2

छोङ्डुक भोटे, जुरिख,
विगतका वर्षहरुमा झैं यस पटक पनि गत २४ अप्रिल २०१६ आईतबारको दिन स्विट्जरल्याण्डको उस्टर शहरमा नेपाली नयाँ वर्ष साँझ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । लुजेर्न निवासी समाजसेवी नेपाली चेली विमला हायोज तथा वर्षा हायोजको आयोजनामा भएको सो साँगितिक कार्यक्रममा नेपालबाट आएकी लोकप्रीय गायिका अन्जु पन्त तथा यूरोपका नेपालीहरु माझ अत्यन्तै लोकप्रीइ गायक बिष्णु क्षेत्रिले आफ्ना बिभिन्न साँगितिक प्रस्तुतिहरु दिएका थिए ।
कार्यक्रममा बिभिन्न स्वादका गीत सँगितका साथमा स्वीट्जरल्याण्डवासी नेपाली कलाकारहरु गौरि गुभाजु, निता कपुर, शर्मिला भान, बर्षा हायोज र राजेन्द्र भण्डारीले आफ्ना बेजोड नृत्यहरु प्रस्तुत गरेका थिए । सयौँको सँख्यामा उपस्थित नेपालीहरुले नयाँ बर्षको साँगितिक कार्यक्रममा स्वयँ पनि नृत्यमा सहभागी भई भरपुर मनोरन्जन लिएका थिए ।

स्विटजरल्याण्डकी प्रथम नेपाली बिन्दु स्टेईनमाईनको प्रमुख आतिथ्यमा सम्पन्न सो साँगितिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासँघ स्विटजरल्याण्डका संयोजक, अन्तराष्ट्रिय नेपाली कलाकार समाज अध्यक्ष, बासेल नेपाली समाजका अध्यक्ष, नेपाली समाज बेर्नका अध्यक्ष, स्विस(नेपाली समाजका अध्यक्ष र गैरआवासीय नेपाली सँघ स्विट्जरल्याण्डका अध्यक्षहरुलाई मञ्चमा आसन ग्रहण गराइएको थियो।

नयाँ वर्ष शुभकामना साँझ कार्यक्रमको प्रथम चरणमा गैरआवासीय नेपाली सँघ स्विट्जरल्याण्डका आईसिसि सदस्य बिनय श्रेष्ठ, अध्यक्ष हिराबल गुरुङ, स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल र बिन्दु स्टेईनमाईनले शुभ(कामना मन्तव्य राखेका थिए भने कार्यक्रमको आयोजक बर्षा हायोजले पनि उपस्थित सबैमा स्वागत तथा कार्यक्रमको वारे जानकारि गराएकी थिइन । सो कार्यक्रममा नेपालमा गत वर्ष गएको बिनासकारी भूकम्पको बार्षिकीमा मृतक तथा पिडितहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

साँगितिक कार्यक्रमको साथमा नेपाली खाना तथा खाजाको समेत ब्यवस्था गरिएकोले कार्यक्रम पूर्ण रुपमा नेपालीमय भएको थियो । उक्त कार्यक्रमको सँचालन गैर(आवासीय नेपाली सँघ स्विट्जरल्याण्डका महासचिव भूमी गुरुङले गरेका थिए ।

फोटोः नेपाल स्वीसडटकम

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts