Wednesday, April 27, 2016

दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

वालिङ, १५ वैशाख । स्याङ्जामा आज दिउसो आँधीखोलामा डुबेर एक महिला र रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार लुगा धुनेक्रममा चिप्लिएर आँधीखोलामा डुबेर अन्दाजी ४० वर्षिया शिवकुमारी माझीको ज्यान गएको हो ।
माझीको शवलाई पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

त्यसैगरी आज दिउसो भीरकोट नगरपालिका वडा नं. १० निवासी १७ वर्षिया एक किशोरीको रुखबाट खसेर मृत्यु भएको छ ।
काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा खसेर दुर्गा खत्रीको ज्यान गएको हो । खत्रीको उपचारकाक्रममा जिल्ला अस्पताल स्याङ्जामा ज्यान गएको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts