Thursday, April 28, 2016

एमाओवादी अध्यक्ष दाहाल र राष्ट्रसङ्घका निर्देशकबीच भेटवार्ता

काठमाडौँ, १६ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसङ्घका एसिया तथा प्रशान्त क्षेत्रीय राजनीतिक विभागका निर्देशक सुविनय नन्दीले आज भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा नेपालको वर्तमान अवस्था, शान्ति प्रक्रिया, संविधान निर्माण, संविधानको कार्यान्वयन तथा भूकम्पपछिको पुनःनिर्माणकाबारेमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत पूरा गर्न राष्ट्रसङ्घले आवश्यक सहयोग चाहिने धारणा राख्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न संयुक्त राष्ट्रसङ्घका तर्फबाट के कस्तो सहयोगको जरुरी पर्छ त्यसमा प्रष्ट रुपमा आग्रह गर्न निर्देशक नन्दीले आग्रह गर्नुभएको थियो । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम कारबाहीकाबारेमा समेत सो अवसरमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts