Monday, April 18, 2016

सेतो मच्छिन्द्रनाथको मूर्ति जनवहालमा

काठमाडौँ, ६ वैशाख । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई आज जनवहालस्थित मन्दिरमा लगिएको छ ।

सो मन्दिरबाट सेतो मच्छिन्द्रनाथको जात्राका लागि यही वैशाख २ गते निकालिएको मूर्तिलाई रथयात्रा सम्पन्न गरी स्थानीय लगनटोलबाट खटमा हालेर त्यहाँ पु¥याइएको हो ।

लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा आइतबार साँझ तीनपटक रथलाई परिक्रमा गराएपछि जात्रा सकिएको र देवतालाई आज आफ्नै स्थानमा लगिएको मन्दिरका पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

रथयात्रा गर्नका लागि गुठी संस्थानको खर्चमा एक साता अगाडिदेखि नै रथ निर्माण गरी तीनधारा पाठशालाबाट रथयात्रा प्रारम्भ गरिएको थियो । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधिविधानअनुसार रथमा विराजमान गराई रथयात्रा गराउने परम्परा छ ।

उक्त यात्राको अवधिमा सहभागी भई देवताको दर्शन गरेमा पाप क्षय भई पारिवारिक सुखशान्ति तथा पुण्य प्राप्त हुने विश्वास छ । मूर्तिलाई उपयुक्त साइत देखाएर क्षमा पूजा गरी प्राणप्रतिष्ठा गर्नुपर्ने हुन्छ ।

सोही क्रममा असन, हनुमानढोका र लगनटोलमा रथलाई एकरात बास बसाइएको थियो । सेतो मच्छिन्द्रनाथलाई रोगव्याधी क्षय गर्ने शक्ति तथा आरोग्यताका देवताका रूपमा लिइन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts