काठमाडौँ, १० वैशाख । आयोजक केन्द्रीय शाखा डोजोकी मेलिना लामाले चौथो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्र्ण पदक जितिन् ।
उनले २० केजी तौल समूहमा नेपाल सोतोकानकी सरु लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै, आयोजककै नेलिशा पण्डित र आनन्द नगर डोजोकी सुनिता तामाङले कास्यमा चित्त बुझाए ।
नेपाल सितेरियो कराते केन्द्रीय शाखा डोजोको आयोजनामा आज यहाँ भएको प्रतियोगिताको २५ केजी तौलमा सरस्वती वादोरियोकी सुस्मिता वाइवाले लैनचौर डोजोकी पुनम पौडेललाई पराजित गर्दै स्वर्ण प्राप्त गरिन् । नरहरीपुरकी मुना शाक्य र पनौती डोजोकी अस्मिता तामाङले कास्य पदकमा चित्त बुझाए ।
त्यस्तै, पुरुषतर्फ २० केजी तौलमा भक्तपुर ‘मेन डोजो’का सुभाष परियारले बूढानीलकण्ठका सन्तोष राईलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल सोतोकानका विशाल लामा र आयोजकका निशान तामाङ संयुक्त रुपमा तेस्रो भए ।
दुईदिने प्रतियोगितामा उपत्यकाका ६५० खेलाडीले ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव तथा नेपाल सितेरियो कराते सङ्घका संरक्षक युवराज लामाले आजै उद्घाटन गर्नुभएको थियो ।
सोही कार्यक्रममा कराते खेलको विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पूर्वसदस्य सचिव लामा, कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, प्रमुख प्रशिक्षक महेश श्रेष्ठ आदिलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment