Friday, April 22, 2016

पञचमख हनमन मनदर सथपन

काठमाडौँ, १० वैशाख । गोकर्णेश्वर–८ जगडोलडाँडामा सङ्कटकमोचन महाबलि पञ्चमुखी हनुमानको मन्दिर स्थापना गरिएको छ ।

ओम दिव्य ज्ञान सिद्ध साधना पीठले रु १५ लाखको लागतमा निर्माण गरेको मन्दिर आज आयोजित कार्यक्रममा डा योगी विकासानन्दले अनावरण गर्नुभयो । मन्दिर अनावरण गर्दै विकासानन्दले मन्दिर निर्माण भएको आश्रममा छुट्टै ध्यान केन्द्रको स्थापना गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आश्रमकी संरक्षक भोले माता, समिति सदस्यद्वय त्रिलोचन पौडेल, ईश्वर नगरकोटीलगायतले आश्रमबाट उपत्यकाको अवलोकन गर्न सकिने आकर्षक स्थलमा बनेकाले धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान गर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts