भीमदत्तनगर, ६ वैशाख । कञ्चनपुरको गड्डाचौकीबाट भारत रोजगारीका लागि हिँडेका दैलेखका २६ किशोरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमाबाट स्वदेश फिर्ता गरेको छ ।
दुई समूह बनाएर दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी आज इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाएको हो ।
उद्धार गरिएका किशोर अधिकांश स्कुले विद्यार्थी छन् । उनीहरू दैलेखको ल्याटीबिन्द्रा र जम्बुकाध गाविसका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई दैलेख ल्याटिबिन्द्रा गाविस–६ का कमल रावलले रोजगारीका लागि भारत लैजाँदे गरेको बताइएको छ । रासस
No comments:
Post a Comment