भक्तपुर, ६ वैशाख । बिस्केट जात्राको अन्तिम दिन गए राति रथ तान्ने क्रममा ढुङ्गा हान्ने १२ जनालाई पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाइएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जात्रामा ढुङ्गा हान्नेहरूलाई राति नै नियन्त्रणमा लिएर आजै सार्वजनिक मुद्दा चलाइएको बताउनुभयो ।
बिस्केट जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा सर्वसाधारण १५ र सुरक्षाकर्मी पाँच घाइते भएका छन् भने केही घरका सिसा र सिसी क्यामरा तोडफोड भएका छन् । ढुङ्गा हानाहान भएर तनावग्रस्त भएपछि राति सुरक्षाकर्मीले लठ्ठी प्रहार गरी तीन राउन्ड अश्रुग्यास प्रहार गरेर भिड तितरवितर पारेर स्थिति नियन्त्रणमा लिएका थिए ।
गःहिटी पु¥याउनुपर्ने रथ नासमानाबाट फर्काउने क्रममा बोलाछेको बुलुचास्थित ढुङ्गेधारमा दुई पाङ्ग्रा खसेर अड्किएपछि भैरव र बेताल देवतालाई त्यहीँबाट झिकेर मन्दिर लगिएको थियो । अड्केको रथ चार दिनपछि साइत निकाली तान्त्रिक विधिबाट क्षमा पूजा गरेर मात्रै तौमढी लैजाने गुठी संस्थानले जनाएको छ । रासस
No comments:
Post a Comment