काठमाडौँ, १३ वैशाख । भूकम्पपछिको पुनःनिर्माण र द्विपक्षीय सहयोगबारे छलफल गर्न स्विडेनका अन्तर्राष्ट्रिय विकास सहायतामन्त्री इसावेला लभिन नेपालको तीनदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री सिपी मैनाली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री लभिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय, युरोप–अमेरिका महाशाखाका प्रमुख भृगु ढुङ्गानाले स्वागत गर्नुभएको थियो । आजै मन्त्री लभिनले भूकम्पबाट प्रभावित भक्तपुर दरबार क्षेत्रको अवलोकन पनि गर्नुभयो । रासस
No comments:
Post a Comment