Friday, April 22, 2016

हबरक छलसहत पकरउ

काठमाडौँ, १० वैशाख । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित तीन जनालाई र पक्राउ गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाका २६ वर्षीय सन्देश लिम्बू, गोरखा टाक्लुङ गाविसका ४३ वर्षीय देउनारायण श्रेष्ठ, रामेछाप रसनालु गाविसक ४६ वर्षीय अमृतबहादुर तामाङलाई बिहीबार बुढानिलकण्ठ नगरपालिकाको साततलेबाट पक्राउ गरिएको हो ।

दुर्लभ वन्यजन्तुको चोरी सिकार तथा वन्यजन्तुका आखेटोपहारको गैरकानुनी ओसारपसारलाई निरुत्साहन गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा हाब्रे सूचीकृत छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराधअनुसार पक्राउ परेकालाई रु ४० हजारदेखि ७५ हजारसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts