Thursday, April 7, 2016

अर्काको नाममा परीक्षा दिने पक्राउ

पथरी (मोरङ), २५ चैत । मोरङको कोसी हरैचा–९ स्थित शिक्षा निकेतन माविबाट आज प्रहरीले अर्काको नाममा परीक्षा दिने एकजनालाई पक्राउ गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरीले दिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान–१७ बस्ने २४ वर्षीय विक्रम लावतीलाई धरान नगरपालिका–१७ बस्ने त्रिलोचन राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा आज बिहान पक्राउ गरेको हो ।

उक्त कार्यालयबाट खटी गएको प्रहरी टोलीले लावतीलाई कोसी हरैचा–८ स्थित मृगौलिया उच्च माविका छात्र रहेका राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा फेला पारेको थियो । लावतीलाई आवश्यक अनुसन्धानपछि शिक्षा ऐन, २०२८ अन्तर्गत कारबाही चलाइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts