अर्घाखाँची, २७ चैत । अर्घाखाँचीको ढिकुरा गाविसमा गएराति भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।
ढिकुरा–७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीयवासी १८ वर्षीय केसबहादुर तङ्गनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।
स्थानीयवासी अन्दाजी ३५ वर्षीय डेमबहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको हो । बन्दुक बोक्ने गुरुङका सबै परिवार फरार रहेका छन् । घटना घटेको थाहा पाएलगत्तै राति नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रनाउ पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगी अनुसन्धान र खोजी कार्य गरिरहेको छ । रासस
No comments:
Post a Comment