म्याग्दी, २७ चैत । म्याग्दीको दरबाङमा एसएलसी परीक्षा दिने परीक्षार्थी बसेको छात्रावासमा आगलागी भई पीडित बनेका विद्यार्थीलाई राहत प्रदान गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय म्याग्दीले छात्रावासमा आगलागी हुँदा विद्यार्थीको नगदसहित शैक्षिक सामग्री जलेर नष्ट भएपछि उनीहरुलाई तत्कालको राहतस्वरुप रु ३२ हजार सहयोग गरेको हो ।
उक्त छात्रावासमा राष्ट्रिय मावि रुमका एलएलसी दिने परीक्षार्थी बसेका थिए । कार्यालयले आगलागीबाट पीडित भएका विद्यार्थीको राहतका लागि उपलब्ध गराएको उक्त नगद सहयोग विद्यालयको सल्लाहअनुसार राष्ट्रिय माविको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा गरिएको महिला विकास अधिकृत निर्मला शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सहयोग विद्यालयमार्फत विद्यार्थीसम्म पु¥याइनेछ । आगलागीबाट त्यहाँ बसेका शिक्षकको रु ४३ हजार र विद्यार्थीको ९७ हजार १२० नगद, २०१ जोडी कपडा, विद्यार्थीको शैक्षिक सामग्री र २९ थान मोबाइल सेट जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ६० लाखको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा सबै पैसा जलेर नष्ट भएपछि विद्यार्थीलाई ट्याक्सी व्यवसायीले दरबाङदेखि रुम अधिभारासम्म निःशुल्क रुपमा यातायात सुविधासमेत प्रदान गरेका थिए । रासस
No comments:
Post a Comment