गोलबजार (सिरहा), ९ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।
बा२ख १०७९ नंको बसको ठक्करबाट ओखलढुङ्गा घर भई गोलबजार नपा–७ डेरा गरी बस्ने ४५ वर्षीय साइकल यात्रु ईन्द्रबहादुर थापाको मृत्य भएको इप्रका गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment