Friday, April 22, 2016

मरचक नतसगक भटवरतबर पररषटरक आपतत

काठमाडौँ, १० वैशाख । सरकारले आफूलाई जानकारी नै नगराई यहाँस्थित कूटनीतिक नियोगका अधिकारीले आन्दोलनरत मधेसवादी दलका नेतासँग भेटवार्ता गरेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रिय समाचार समितिले सोधेको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले मधेसी मोर्चाका नेतासँग सरकारलाई जानकारी बिना राजदूतले भेट्नु भियना महासन्धि विपरीत भएको बताउनुभयो ।

मधेसी मोर्चाका नेतासँग यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीले सरकारको जानकारीबिना भेट्नु कूटनीतिक आचारसंहिता, कूटनीतिक सम्बन्ध, विद्यमान परराष्ट्र मामिलाको अभ्यास विपरीत रहेको परराष्ट्रको धारणा छ ।

नेपालको आन्तरिक मामिलामा सरकारको जानकारीबिना राजनीतिक दलका नेतासँग भेट्नु जायज नभएको समेत परराष्ट्रले ध्यानाकर्षण गराएको छ ।

तराई मधेसमा आन्दोलनरत दलले बिहीबार यहाँस्थित कूटनीतिक नियोगका अधिकारीसँग सरकारले आफूहरुको माग सम्बोधन नगरेको गुनासो गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts