काठमाडौँ, ९ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धन र विभिन्न देशका राजदूतबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
होटल ¥याडिसनमा आज भएको छलफलमा मधेस आन्दोलनको समीक्षा, आगामी योजना, भूकम्पपछिको पुनःनिर्माण, तराईमा गरिएको नाकाबन्दीपछिको मुलुकको अवस्थालगायतका बारेमा कुराकानी भएको मधेसी नेता मनिष सुमनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“छत्तीस पटक सरकारसँग वार्ता गर्दासम्म आफ्ना माग सुनुवाइ नभएको र यही वैशाख ६ गते जारी गरिएको २६ बुँदाबारे आज विश्व समुदायलाई जानकारी गरायौँ ।”रासस
No comments:
Post a Comment