नेपालगन्ज, ३० चैत । ‘सीमामा सद्भाव’ नाराका साथ तेस्रो संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ ।
सो प्रतियोगितामा सशस्त्र प्रहरी, काठमाडौँको न्यू डायमन्ड, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, भारतको पश्चिम बङ्गाल रेल्वे र उत्तर प्रदेश टोलीको सहभागिता रहेको छ ।
खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले उद्घाटन गर्नुभएको प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीले मध्यपश्चिमाञ्चललाई २५—१३, २५—३ र २५—९ ले पराजित ग¥यो ।
‘लिग कम नकआउट’का आधारमा खेलाइएको अर्को खेलमा भारतको युपी प्रदेशले पश्चिमाञ्चललाई २५—१९, २५—२१ र २५—१८ अङ्कले पराजित ग¥यो ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल न्यू डायमन्ड र पश्चिमाञ्चल तथा भारतको रेल्वे र मध्यपश्चिमबीच हुने जनाइएको छ । रासस
No comments:
Post a Comment