Tuesday, April 12, 2016

पाँच जिल्लालाई बिदा

काठमाडौँ, ३० चैत । सरकारले सिरुवा पावनी पर्वका अवसरमा तराईका पाँच जिल्लामा आगामी वैशाख २ गते बिदा दिने भएको छ ।

स्थानीयरुपमा त्यस्तो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल राजपत्र खण्ड ६५ सङ्ख्या ५१ भाग ५ २०७२ चैत १८ मा प्रकाशित २०७३ सालको बिदासम्बन्धी सूचनाको सिनं. २ को (त)मा सिरुवा पावनी पर्वका दिने उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts