Friday, April 22, 2016

कमयनसट परटक एकतम जड

त्रिशूली(नुवाकोट), १० वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थापना दिवसका अवसरमा नेकपा एमाले नुवाकोटले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमम वक्ताले अब देशको आर्थिक विकास र समृद्धिका लागि सबै कम्युनिस्ट एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, नेपाली काँग्रेसका जिल्ला सदस्य वासु सापकोटा, राप्रपा नेपालका विष्णुप्रसाद सापकोटा, राप्रपाका जिल्ला अध्यक्ष झनक प्याकुरेल, नेकपा (माओवादी क्रान्तिकारी)का लीलानाथ न्यौपाने, नेपाल पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष प्रकाशकुमार अधिकारी, नोपाल शिक्षक सङ्गठनका अध्यक्ष मदन श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्य सुदर्शन नेपाल, नयाँ शक्तिका नवराज ढुङ्गानालगायतले कम्युनिस्ट पार्टीहरु बलियो हुनुपर्ने र यसका लागि एकताको खाँचो औँल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts