Wednesday, April 6, 2016

भीरबाट लडेर मृत्यु हुने क्रम बढेपछि काँडेतार

तनहुँ, २५ चैत । तनहुँको भिमाद गाविस वडा नं १ स्थित ग्रामिण तालिम केन्द्रको दक्षिण पश्चिमको भिरबाट लडेर मानिसको मृत्यु हुने क्रम बढेपछि काँडेतार लगाउने कार्य अघि बढाइएको छ ।

भिमाद गाविसका युवाले सामाजिक उत्तरदायित्वका लागि युवा समूह गठन गरेर काँडेतार लगाउने कार्य सुरु गरेको समूहका संयोजक सुदिपबन्धु भण्डारीले बताउनुभयो ।

करिब रु चार लाखको लागतमा ३५० मिटर भिरमा बार निर्माण सुरु गरिएको भण्डारीले बताउनुभयो । उक्त काँडेतारको बार निर्माण गर्न भिमाद गाविसबाट रु ५० हजार र अन्य चन्दा सङ्कलन गरी कार्य थालिएको हो ।

काँडेतारको बारका लागि मजबुत बनाउन फलामे एङ्ग्लको रड गाडिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts