Tuesday, April 26, 2016

ऊर्जामन्त्रीलाई युनियनको ध्यानाकर्षण

काठमाडौँ, १४ वैशाख । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले विद्युत्भार कटौतीलाई अन्त्य गर्न निर्माणाधीन जलविद्युत् आयोजनाको तत्काल निर्माण सम्पन्न गर्न उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीको ध्यानाकर्षण गराएको छ ।

युनियनले आज ऊर्जामन्त्री रायमाझीलाई ध्यानाकर्षण गराउँदै चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूली थ्री ‘ए’को काम तीव्र अगाडि बढाउन र माथिल्लो अरुणको निर्माण अनुमतिपत्र प्राधिकरणलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

विदेशी मुद्रामा विद्युत् सम्झौता गर्दा विदेशी मुद्राको सटही दरमा आउने परिवर्तनबाट हुने जोखिम नेपाल विद्युत् प्राधिकरणले मात्र व्यहोर्ने प्रचलनको अन्त्य गर्न, प्रसारण लाइनको कार्यमा ढिलासुस्ती अन्त्य गरी प्राधिकरणलाई थप आर्थिक भार पार्ने व्यक्ति वा संस्थालाई दण्डसजायको व्यवस्था गर्न युनियनले ध्यानाकर्षण गराएको छ ।

जलाशयुक्त आयोजनमा जनस्तरबाट लगानी सम्भावना न्यून हुने भएकाले बूढीगण्डकी, दूधकोसी, तमोर, नलसिंहगाड र उत्तरगङ्गाजस्ता आयोजना राज्यको लगानीमा अघि बढाउनुपर्ने, हाल सञ्चालनमा रहेका जलविद्युत् केन्द्रमा सामान्य मर्मतसम्भार गरी अगाडि बढाउनसमेत उपप्रधानमन्त्री रायमाझीको ध्यानाकर्षण गराएको युनियनका अध्यक्ष रामेश्वर पौडेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts