ललितपुर, १२ वैशाख । विसं २०७२ को वेदनिधि पुरस्कार पण्डित श्यामप्रसाद पौडेललाई प्रदान गरिएको छ ।
महेश सन्यास आश्रमद्वारा आज यहाँ एक कार्यक्रम गरी उक्त पुरस्कार वितरण गरिएको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
संस्थाका प्रमुख डा स्वामी रामानन्द गिरीले अध्यात्मिक व्यक्तित्व रहनुभएका पौडेललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।
पुरस्कार छनोट समितिका सदस्य प्रा शिवगोपाल रिसालले पौडेलको साहित्यिक योगदानको बारे चर्चा गर्नुभयो ।
सो पुरस्कार २०७१ सालमा प्रा विष्णुप्रसाद न्यौपाने र २०७० सालमा स्वामी प्रपन्नाचार्यलाई प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment