भद्रपुर, १७ वैशाख । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टी दृढतापूर्वक एकताबद्ध भएर उभिएकाले नयाँ संविधान जारी भएको बताउनुभएको छ ।
नेकपा (एमाले) भद्रपुर विशेष नगर इलाका कमिटीद्वारा भद्रपुर नगरपालिकाको एसपी मोडस्थित निर्माण गर्न लागिएको द्रोणाचार्य स्मृति भवनको आज शिलान्यास गर्दै उहाँले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको दावी गर्नुभयो ।
नेता पोखरेलले संविधान जारी हुनुभन्दा पहिले चार राजनीतिक दलका बीचमा भएको भद्र सहमति तोडिनु दुःख लाग्दो हो भन्दै संविधानलाई कार्यान्वयन गर्न र मुलुकको असहजतालाई हटाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारलाई ढाल्ने प्रयास भइरहेको बताउँदै वर्तमान सरकारले वैशाख २३ गते नीति तथा कार्यक्रम घोषणा गरी जेठ १५ गते राष्ट्रिय बजेट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
आयोजक कमिटीका अध्यक्ष विनोद पोखरेल, नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ का सभापति गणेश पोखरेल, देवेन्द्र आचार्यलगायतले संविधान कार्यान्वयनका लागि राजनीतिक दल एकताबद्ध भएर अगाढि बढ्नुपर्नेमा जोड दिनभएको थियो ।
महासचिव पोखरलेले नवनिर्माण हुने द्रोणचार्य स्मृति भवनका लागि रु एक लाख सहयोग गर्ने घोषणा पनि गर्नुभयो । उक्त भवन निर्माणमा रु ४६ लाख ३९ हजार खर्च हुने बताइएको छ । रासस
No comments:
Post a Comment