Friday, April 29, 2016

आर्थिक विकास र समृद्धिमा जुट्नुपर्नेमा उपराष्ट्रपतिको जोड

दैलेख, १७ वैशाख । यहाँ पर्यटन तथा कृषि व्यापार मेला सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब सरकार र राजनीतिक दल आर्थिक विकास र समृद्धिमा जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले दैलेखमा रहेको ग्यास खानीको उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको काम सबै मिलेर समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले आर्थिक विकासका लागि राजनीतिक एकता आवश्यक रहेको बताउँदै उहाँले नयाँ संविधान कार्यान्वयनसँगै मुलुकमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । सांसद लक्ष्मीप्रसाद पोखरेल, अम्मरबहादुर थापा र ललिता रेग्मीले जिल्लाको आर्थिक विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिनुभयो ।

यही वैशाख २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन, सांस्कृतिक झाँकी, लोककलाको प्रदर्शनी र पर्यटकीय स्थलसम्बन्धी १८७ कक्ष राखिएका छन् । जिल्लाको पर्यटन तथा कृषि उत्पादनको बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना भएको महोत्सवबाट प्राप्त आम्दानीले जिल्लामा शव वाहन खरिद, सदरमुकाममा सिसी क्यामेरा जडान र कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना गरिने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्तिप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts