तनहुँ, ७ वैशाख । आँवुखैरेनी नगरपालिका–६ निवासी ५० वर्षीया निरमाया खवासले आज घर नजिकै आत्महत्या गरेकी छिन् ।
मृतक खवासले ज्याला मजदुरी गरी जीविका चलाउँदै आएको बताइएको छ । उनको आत्महत्याको कारण गरिबी रहेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी सहायक निरीक्षक खेमराज श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, शुक्लागण्डकी नगरपालिका–१० की एक युवतीले आज आत्महत्याको प्रयास गरेकी छिन् । आत्महत्या गर्न लागेको देखेपछि स्थानीयले युवतीको उद्धार गरेका थिए । युवतीको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment