Wednesday, April 6, 2016

जिल्लामा पाँच हजार ६०० मतदाता बढे

रत्ननगर (चितवन), २४ चैत । चितवनमा पछिल्लो चैत महिनामा गरिएको गाउँगाउँको मतदाता नामावली सङ्कलनमा पाँच हजार ५९६ मतदाता बढेका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारीअनुसार चैत २२ गतेसम्म गरिएको नामावली सङ्कलनमा सो सङ्ख्यामा मतदाता बढेका हुन् । जसमा महिला दुई हजार ७७४ र पुरुष दुई हजार ८२२ रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसअघि जिल्लामा दुई लाख ९७ हजार मतदाता रहेका थिए । मतदाताको सङ्ख्या तीन लाख नाघेको छ । जिल्लामा यही चैत १ गतेदेखि गाउँगाउँमा टोली खटाएर नामावली सङ्कलन गरिएको थियो । १९ गतेसम्मको म्याद भए पनि अपुग तीन दिन थप गरेर नामावली सङ्कलन गरिएको ढकालले बताउनुभयो ।

गाविसस्तरमा दुई दिन र नगरपालिकाका वडामा एक दिन सङ्कलनमा समय लागेको थियो । जिल्लामा अहिले आठ वटा गाविस छन् भने एक उपमहानगरपालिका छ । अन्य छ वटा नगरपालिका छन् ।

जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा भने नियमित मतदाता नामावली सङ्कलन हुने जनाइएको छ । तस्बिरसहितको मतदाता नामावली सङ्कलनका कारण दोहोरिने समस्या भने हुँदैन । सङ्कलन गरेर ल्याइएको भए पनि रुजु गर्ने काम बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts