Wednesday, April 6, 2016

नाढिमन ताल हस्तान्तरण

काठमाडौँ, २४ चैत । नेपाली सेनाले सर्लाहीको चन्द्रनगरस्थित नाढिमन तालको पुनःनिर्माण र विस्तार गरी स्थानीय जनतालाई हस्तान्तरण गरेको छ ।

वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र प्रधानसेनापति राजेन्द्र क्षत्रीले विस्तार गरिएको उक्त ताल नाढिमन ताल संरक्षण समितिका अध्यक्ष राजकुमार शाहलाई आज हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजनाअन्तर्गत नेपाली सेनाले उक्त तालको मर्मत सम्भार, पुनःनिर्माण तथा विस्तारको कार्य सम्पन्न गरेको हो ।

नेपालको प्राकृतिक वनस्पति तथा वन्यजन्तुलगायतका जैविक विविधताको संरक्षण र संवद्र्धन गर्ने कार्यमा नेपाली सेनाले योगदान दिँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts