Wednesday, April 6, 2016

‘युगकवि सिद्धिचरण’ पुरस्कार सिक्किमका मुख्यमन्त्री चामलिङलाई

काठमाडौँ, २४ चैत । युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७३ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ सिक्किम (भारत) का मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवनकुमार चामलिङलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष प्रा डा मोहन लोहनीको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले युगकविको १०५औँ जन्मजयन्तीको अवसरमा आगामी जेठ ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ ।

उहाँका ‘प्रारम्भिक कविताहरु’ (कविता सङ्ग्रहः १९७८), ‘अन्तहीन सपना ः मेरो विपना’ (कविता सङ्ग्रहः १९८५), ‘म को हुँ !’(कविता सङ्ग्रहः १९९२) र ‘सिक्किम र नारीको मर्यादा’ लगायत विभिन्न कृति प्रकाशित छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts