Thursday, April 7, 2016

दुर्घटनामा दुई गम्भीर घाइते

धुन्चे (रसुवा), २५ चैत । आज बिहान रसुवागढीमा भएको सवारी दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा धादिङ जिल्ला कुम्पुर गाविस–८ का केदार खनाल र रसुवा वृद्धिम–७ का १५ वर्षीय हिमछिरिङ शेर्पा छन् ।

चिनियाँ पर्यटकलाई रसुवागढीको मितेरी पुलमा छोडी धुन्चेतर्फ फर्कने क्रममा ना१ज ५५७९ नंको सुमोटाटा जिप टिमुरे गाविस वडा नं १ गढी नजिकको भिरबाट २५ मिटर तल खसेको प्रहरी प्रमुख अवदेश विष्टले बताउनुभयो ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts